सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट सिटिजन लिडर, एजेन्सी म्यानेजर, अभिकर्ता तथा शाखालाई सम्मान गर्ने उद्देश्यले आयोजना गरेको ‘सिटिजन लिडर्स नाइट २०२६’ सम्पन्न गरेको छ । कार्यक्रममा देशभरबाट एक हजारभन्दा बढी सिटिजन लिडर, कर्मचारी तथा विशिष्ट अतिथिहरूको सहभागिता रहेको कम्पनीले जनाएको छ ।
कम्पनीले नयाँ आई–सोलुसन प्रणाली ‘भर्सन नेक्स्ट’ सार्वजनिक गरेको छ । कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डे, सञ्चालक समितिका सदस्य तथा व्यवस्थापन टोलीले संयुक्त रूपमा उक्त प्रणालीको सुरुवात गरेका हुन् । आधुनिक प्रविधिमा आधारित उक्त प्रणालीले सेवा प्रवाहलाई थप प्रभावकारी, छरितो, सुरक्षित तथा ग्राहकमैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा ह्युमानोइड रोबोट र रोबोटिक डगको प्रस्तुति आकर्षणको केन्द्र बनेको थियो । ह्युमानोइड रोबोटले प्रेरणादायी तथा मनोरञ्जनात्मक शैलीमा सम्बोधन गरेको कम्पनीले जनाएको छ ।