सिराहाको लक्ष्मीपुर पतारीबाट पेस्तोलसहित तीनजना पक्राउ

बुधबार, २० साउन, २०८३
डिजिटल संस्करण

सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका- ६ स्थित सलोखरी दास टोलबाट प्रहरीले पेस्तोलसहित तीनजनालाई मंगलबार राति पक्राउ गरेको छ । पक्राउ पर्नेमा सलोखरीका करिब १९ वर्षीय सञ्जय दास, २० वर्षीय गुरुदेव दास र साबरजित दास रहेको प्रहरीले जनाएको  छ ।

प्रहरीका अनुसार मंगलबार राति करिब साढे १० बजेतिर धार्मिक पर्यटकीयस्थल फूलबारीधाम क्षेत्रबाट आउँदै गरेका उनीहरूलाई चेकजाँच गर्ने क्रममा साबरजित दासको साथबाट पेस्तोल र म्यागजिन बरामद भएको हो ।

प्रहरी चौकी सीतापुरका इन्चार्ज प्रहरी सहायक निरीक्षक प्रदीप मधुवन (यादव)को नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरी अनुसन्धानका लागि लहानस्थित इलाका प्रहरी कार्यालय लहान लगिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

पेस्तोल तथा म्यागजिनसहित पक्राउ परेकाहरूलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको सिराहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए ।

See More On

सुझावित समाचार