श्रीलंकाविरुद्धका दुई टेस्टका लागि भारतीय टिममा एक परिवर्तन गरिएको छ । तीव्र गतिका बलर जसप्रित बुमराहको स्थानमा आकिब नवीले स्थान बनाएका छन् । घुँडामा चोट लागेपछि उनलाई विश्राम दिएको छ । त्यसपछि पहिलोपटक नवीले भारतीय टिममा स्थान बनाएका हुन् । उनी जम्मु कस्मिरका हुन् । भारतीय क्रिकेटमा नवी जम्मु कस्मिरबाट सहभागी हुने तेस्रो क्रिकेटर हुन् ।
भारत यही अगस्टमा श्रीलंका भ्रमण गर्दै छ । दुई टेस्ट गाल र कोलम्बोमा हुनेछ । पहिलो टेस्ट १५ देखि १९ अगस्टसम्म गालस्थित गाल अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । तीन दिनको विश्रामपछि दोस्रो टेस्ट सिंहली स्पोर्टस् क्लब कोलम्बोमा २३ देखि २७ अगस्टसम्म हुने तालिका छ ।
बुमराहलाई मेडिकल टिमले तत्काल मैदान नफर्कन सल्लाह दिएको थियो । बुमराह इङल्यान्डविरुद्धको एकदिवसीय खेलमा घाइते भएका थिए र निर्णायक खेलमै खेल्न सकेनन् । बुमराहले हालसम्म श्रीलंकाविरुद्ध दुई टेस्ट खेलेका छन् । जसमा उनले कुल १० विकेट लिएका छन् । एकै इनिङ्समा पाँच विकेट लिएका थिए । तर, श्रीलंकाको भूमिमै घरेलु टिमविरुद्ध भने खेलेका छैनन् । बुमराहले आफ्नो टेस्ट करिअरमा कुल २३४ विकेट लिएका थिए ।
भ्रमणमा भारत शुभमन गिलको कप्तानीमा रहनेछ । टिमको उपकप्तान केएल राहुल छन् । विकेट किपरमा ऋषभ पन्त र ध्रुव जुरेल छन् । भारतलाई टेस्ट च्याम्पियनसिपको फाइनलमा स्थान बनाउन यो सिरिज निकै महत्वपूर्ण रहेको छ ।
नवी पहिलो खेलाडी
२३ वर्षीय अकिब नवी रणजी ट्रफी ०२५/२६ सानदार प्रदर्शन गर्न सफल भएका थिए । जसका कारण उनी भारतीय टिममा स्थान बनाउन सफल भए । उनी भारतीय टेस्ट टिममा स्थान बनाउने पहिलो जम्मु कस्मिरका खेलाडी हुन् । यसअघि परवेज रसुल र उमरान मालिकले टी–२० र एकदिवसीय क्रिकेटमा भारतीय जर्सी लगाएका थिए । उमरानले कुल १८ खेल खेलेका थिए । जसमा आठ टी–२० र १० एकदिवसीय खेल रहेको छ । रसुलले एक एकदिवसीय र एक टी–२०आई खेलेका हुन् ।
१०४ विकेट
पछिल्लो सिजन रण जी ट्रफीमा अबीले १० खेलमा ६० विकेट लिएका थिए । जसमा सातपटक पाँच विकेट लिन सफल भएका हुन् । पछिल्लो दुई सिजनमा भने उनले १०४ विकेट लिएका छन् । पछिल्लोपटक ६० तथा त्यसअघि ४४ विकेट लिएका हुन् । उनी रातो बलका लागि सबैभन्दा खतरनाक बलरसमेत बनेका थिए । विशेष गरी उनी नकआउटमा राम्रो प्रदर्शन गर्दै आएका छन् । क्वार्टरफाइनलमा मध्यप्रदेश, सेमिफाइनलमा बंगाल र फाइनलमा कर्नाटकविरुद्ध निर्णायक बलर चुनिएका थिए ।
यसअघि अकिब नवी श्रीलंकाविरुद्ध भारतीय ‘ए’ टिमबाट खेलेका थिए । प्रथम श्रेणीको खेलमा उनले ६ विकेट लिएका थिए । फर्स्ट क्लासमा उनले ४३ खेलमा १६२ विकेट लिएका थिए । लिस्ट ‘ए’मा ३६ खेल खेल्दा ५६ विकेट लिएका हुन् ।
१८ वर्षयता अपराजित
श्रीलंकन टिमले १८ वर्षयता भारतलाई हराउन सकेको छैन । दुईबिच १७ टेस्ट भएको छ । जसमा भारतले एकोहोरो १० टेस्ट जितेको छ । श्रीलंकाले मात्र तीन टेस्ट जितेको छ । चार टेस्ट बराबरीमा टुंगिएको थियो । पछिल्लो ६ शृंखलामा भारत लगातार जित निकाल्न सफल भएको थियो । सन् २००८ मा भारतलाई पछिल्लोपटक श्रीलंकाले हराएको थियो । त्यसयता १८ वर्ष श्रीलंकाले भारतलाई हराउन सकेको छैन ।