पेसागत सुरक्षासहित १५ बुँदे माग राख्दै आन्दोलनरत नर्स र सरकारबिच वार्ता जारी छ। केही समयअघिदेखि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा वार्ता भइरहेको हो।
एक चरणको वार्ता सकिएपछि अनशनरत नर्स ज्योति रानाभाटसँग छलफलको लागि एउटा टोली वीर अस्पतालमा पुगेको छ। रानाभाट पाँच दिनदेखि देशैभरका नर्सको पेसागत सुरक्षामा माग राखेर अनशनरत छिन्। आन्दोलनरत नर्सकै अर्को टोलीसँग अहिले मन्त्रालयमै छलफल गरिरहेको मन्त्रालयका सचिव डा. विकास देवकोटाले बताए।
‘हामी पहिलो चरणको वार्ता बसिसक्यौँ, अब एउटा टोली अनशनरत स्थलमा पुग्नुभएको छ। उहाँहरू त्यहाँ बाँकी छलफल गरेर आउनुहुन्छ। त्यसपछि अन्तिम सहमतिमा हस्ताक्षर हुन्छ, सचिव डा. देवकोटाले भने, ‘लगभग दुई पक्षबिच कुरा मिलिसकेको छ, आजै सहमति हुन्छ।’