नागपोखरीबाट घरधनीसहित चारजना ठुलो मात्रामा लागुऔषधसहित पक्राउ

सोमबार, १८ साउन, २०८३
डिजिटल संस्करण

काठमाडौंको नागपोखरीबाट ठुलो मात्रामा लागुऔषधसहित चारजना पक्राउ परेका छन्। सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोबाट खटिएको टोलीले सोही ठाउँ बस्ने ४३ वर्षीय प्रभात तिवारी, काठमाडौं महानगरपालिका–१४, बल्खु बस्ने भूपेन्द्र श्रेष्ठ, सर्लाही जिल्लाको मलंगवा नगरपालिका–८ का सुजन रायमाझी र ललितपुर जिल्ला बाग्डोल–४ बस्ने ५१ वर्षीय सविन श्रेष्ठलाई सोमबार पक्राउ गरेको हो। उनीहरूमध्ये तिवारी स्थानीय घरधनी हुन्। उनकै घरबाट लागुऔषधहरू २९६.७५ ग्राम ब्राउन सुगर, २ सय २० चक्की ट्रामाडोल र १ सय ३० नाइट्रोभेट क्याप्सुल बरामद भएको हो।  

उनीहरूको साथबाट १ लाख ९८ हजार ३ सय ७५ नेपाली रुपैयाँ, १ हजार जापानी येनसहित अन्य विदेशी मुद्रा, २ वटा सञ्चार सेट, ३ थान ल्यापटप, १ थान प्रिन्टर, ४ थान मोबाइल सेट, लागुऔषधमा मिसाउने केमिकल २२ बोतलसमेत बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ। उनीहरूले प्रयोग गरेको बा ७ च ५१८० नम्बरको गाडीसमेत नियन्त्रणमा लिइएको छ। प्रभात तिवारी लागुऔषध  मुद्दाका फरार अभियुक्त भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। 
 

सुझावित समाचार