दुई वर्षअघिको विद्यार्थी आन्दोलनपछि देश छाडेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले त्यसयता पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिने भएकी छिन्। आगामी बुधबार (५ अगस्ट) मा उनले नयाँ दिल्लीमा पत्रकार सम्मेलन गर्न लागेकी हुन्।
बंगलादेश फर्कने योजनामा रहेकी हसिनाले नयाँ दिल्लीस्थित फरेन करोसपन्डेन्टस् क्लब अफ साउथ एसियाले आयोजना गर्न लागेको पत्रकार सम्मेलनमा सार्वजनिक हुन लागेकी हुन्। यद्यपि, त्यो पत्रकार सम्मेलन ‘भर्चुअल’ हुनेछ। उनले सो पत्रकार सम्मेलनमा आफ्नो बंगलादेश फर्कने योजनाबारे पत्रकारहरूसँग साक्षात्कार गर्नेछिन्।
५ अगस्ट २०२४ मा भएको विद्यार्थी आन्दोलनपछि राजीनामा दिएर उनी हेलिकोप्टरमा भारत भागेकी थिइन्। त्यसयता उनी सार्वजनिक भएकी छैनन्। देश छाडेको ठ्याक्कै दुई वर्षमा उनी सार्वजनिक हुन लागेकी हुन्।