प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको ब्रान्च म्यानेजर कन्फ्रेन्स कार्यक्रम सम्पन्न भएको छ। चितवनमा साउन १४–१७ गतेसम्म विभिन्न कार्यक्रमहरूका साथ कन्फ्रेन्स भव्य रूपमा सम्पन्न भएको हो।
आर्थिक वर्ष ०८२/८३ को समीक्षा, नयाँ आर्थिक वर्ष ०८३/८४ काे रणनीति, आर्थिक वर्ष ०८२/८३ मा उत्कृष्ट कार्य गर्ने कर्मचारी, शाखा, शाखा प्रमुख, प्रदेश प्रमुखलाई सम्मान र पावर अफ माइन्डसेट फर बिजनेस ग्रोथको तालिमका साथ कार्यक्रम सम्पन्न भएको हो।
प्रभु महालक्ष्मी लाइफ इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सन्तोष प्रसाईंले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रममा कम्पनीका व्यवस्थापन, प्रदेश प्रमुखहरू, शाखा प्रमुखहरू, सेल्स एक्जुकेटिभ गरी देशैभरिबाट करिब दुई सयजनाको उपस्थिति थियो।
आर्थिक वर्ष ०८२/८३ मा उत्कृष्ट कार्य गर्ने प्रदेश प्रमुख, शाखा प्रमुख, सेल्स एक्जुकेटिभलगायतलाई विशेष सम्मान गरिएको थियो। कार्यक्रममा आचार्य राजाबाबु साहको पावर अफ माइन्डसेट फर बिजनेस ग्रोथ ट्रेनिङ सेसनले व्यावसायिक क्षमता वृद्धि गर्न ऊर्जा प्रदान गरेको कम्पनीले जनाएको छ।