सुप्रिमको आइपिओ बिक्री प्रबन्धकमा नेसनल क्यापिटल

आइतबार, १७ साउन, २०८३
डिजिटल संस्करण

सुप्रिम वाइन नेपाल लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री प्रबन्धकमा नेसनल क्यापिटल लिमिटेड नियुक्त भएको छ । नियुक्तिसम्बनधी सम्झौतामा दुवै संस्थाका प्रतिनिधिबिच हस्ताक्षर भएको हो ।

क्यापिटलले यसलाई आफ्नो दीर्घकालीन व्यवसाय विस्तार योजनाको महत्वपूर्ण चरणका रूपमा लिएको जनाएको छ । कम्पनीले निष्कासन तथा बिक्री व्यवस्थापन, लगानी व्यवस्थापनलगायत मर्चेन्ट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

सुप्रिम वाइनले उत्पादन क्षमता विस्तारसँगै कृषि, पर्यटन क्षेत्रमा समेत प्रवेश गर्ने रणनीति अघि सारेको छ । व्यवस्थापनका अनुसार आइपिओबाट संकलित पुँजी उत्पादन विस्तार, ब्रान्ड प्रवर्द्धन, बजार विस्तार तथा दीर्घकालीन व्यावसायिक योजनाको कार्यान्वयनमा उपयोग गरिनेछ ।

सुझावित समाचार