बालिकालाई अनैतिक कार्यमा लगाएको आरोपमा चार महिला पक्राउ

आइतबार, १७ साउन, २०८३
डिजिटल संस्करण

मानव बेचबिखन तथा ओसारपसारको आरोपमा प्रहरीले पोखराबाट चार महिलालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका– १८, चिसाखोलास्थित विभिन्न खाजाघरमा अनैतिक गतिविधि भएको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले छापा मार्नेक्रममा उनीहरूलाई पक्राउसँगै एक बालिकालाई उद्धार गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका– १८ बस्ने वर्ष ४२ की मनदेवी क्षेत्री, वर्ष ४१ की इनद्रा लामा, वर्ष ४५ कि टीकामाया तामाङ र ४० वर्षीया मीनकुमारी गुरुङ रहेका जिप्रका कास्कीका सूचनाका अधिकारी डिएसपी वीरेन्द्रकुमार पासवानले बताए ।

पक्राउ परेका महिलाहरूले आर्थिक अवस्था कमजोर भएका बालिकालाई विभिन्न प्रलोभन देखाई राम्रो कमाइ हुन्छ भनी होटेलमा आउने पुरुषहरूबाट रकम लिई जबर्जस्ती रात बिताउन लगाउने तथा अनैतिक कार्य गर्न लगाउने गरेको पाइएको उनको भनाइ छ । महिलाहरूलाई मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

See More On

सुझावित समाचार