प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन्। देशमा सामाजिक सद्भावविरोधी गतिविधि बढ्दै गएपछि उनले राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन्। बिहीबार साढे ६ बजे उनले सम्बोधन गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
उता, गृहमन्त्री सुधन गुरुङ भने सुनसरी जाने भएका छन्। सुनसरीमा भएको दुई समुदायबिचको झडप र गोलीकाण्डपछि मौन बसेको भनेर आलोचना भइरहेका वेला उनी सुनसरी जान लागेका हुन्। स्वास्थ्यमन्त्री निशा मेहतालाई समेत लिएर उनी सुनसरी जान लागेका हुन्।