भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नेपालका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई भारत भ्रमणका लागि औपचारिक निमन्त्रणा पठाइएको बताएका छन्। प्रवक्ता रणधीर जयसवालले नयाँ दिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनमा यो बताएका हुन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसअघि नै प्रधानमन्त्री शाहलाई बधाई सन्देश पठाउने क्रममा भारत भ्रमणको निम्तो दिइसकेका थिए।
दुवै देशका कूटनीतिक संयन्त्रमार्फत भ्रमणको मिति र तालिका तय गरिने जनाइएको छ।