नेसनल लाइफको प्रशिक्षण र सांस्कृतिक कार्यक्रम

मंगलबार, १२ साउन, २०८३
डिजिटल संस्करण

नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ताका लागि प्रशिक्षण एवं सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले वैशाख महिनामा तोकिएको लक्ष्य पूरा गर्न सफल अभिकर्ताका लागि उक्त कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विभागीय प्रमुखहरू र विभिन्न शाखाका शाखा प्रमुख, वरिष्ठ व्यवसाय प्रबन्धक, प्रबन्धक र अभिकर्ता गरी करिब तीन सयजनाको उपस्थिति थियो । 

सिइओ पराजुलीले चालू आवमा कम्पनीले प्रथम बिमाशुल्कसहित समग्र सूचकांकमा उत्कृष्टता हासिल गर्न सफल अभिकर्तालाई धन्यवाद दिए । उनले ग्राहकवर्गलाई अझ बढी सेवा–सुविधा प्रदान गर्न थप जिम्मेवार भएर लाग्नुपर्ने बताए ।

कार्यक्रममा अभिकर्तालाई प्रशिक्षक काजिम रजाले प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा बिमा क्षेत्रकै अन्तर्राष्ट्रिय उपाधि एमडिआरटीको लक्ष्य पूरा गर्न अपनाउनुपर्ने क्रियाकलापबारे प्रकाश पारेका थिए । 
 

सुझावित समाचार