सुनसरी घटनाः कोशीका डिआइजी तथा सुनसरीका सिडिओ र एसपी तानिए

सोमबार, ११ साउन, २०८३
डिजिटल संस्करण

सुनसरी घटनापछि गृह मन्त्रालयका सुरक्षा अधिकारीहरूलाई जिम्मेवारीबाट हटाएको छ। कोशीका डिआइजी विनोद घिमिरेको सरुवा गरी त्यहाँ शेखर खनाललाई खटाइएको छ। 
त्यस्तै, सुनसरीका सिडिओ बासुदेव घिमिरेलाई हटाएर संखुवासभाका ईश्वरी अर्याललाई खटाइएको छ। 

नेपाल प्रहरीका एसपी केशव थेबेको स्थानमा एसपी पुष्पराज मल्ललाई खटाइएको गृह मन्त्रालयले जनाएको छ। सशस्त्र प्रहरी बल नेपालका एसपी श्यामकुमार कार्कीलाई फिर्ता बोलाएर प्रधान कार्यालयमा कार्यरत एसपी लवकुमार सापकोटालाई पठाउने निर्णय गरेको छ। यस्तै, सशस्त्र प्रहरी बल नेपाल कप्तानगन्जमा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) नन्दकिशोर महतोलाई पनि फिर्ता बोलाइएको छ। उनको ठाउँमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, काठमाडौंमा कार्यरत डिएसपी मदन नाथलाई पठाइएको छ।

 सुनसरीको देवानगन्ज गाउँपालिका–३, कप्तानगन्जमा आइतबार राति दुई समूहबिच भएको झडपमा एकजनाको निधन भएको थियो। घटनामा परेर ९ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरी गरी २४ जना घाइते भएका छन्। घटनाको विषयमा छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भइसकेको छ। समितिलाई एक साताको समय दिइएको छ। 

सुझावित समाचार