सरकारी वार्ता टोली र अनशनरत डा. गोविन्द केसीका प्रतिनिधिबिच सेती प्रादेशिक अस्पतालमा वार्ता सुरु भएको छ। गत बिहीबारदेखि अनशनमा बसेका डा. केसी स्वास्थ्यमा समस्या देखिएपछि यही अस्पतालमा उपचाररत छन्।
वार्तामा सरकारी टोलीका तर्फबाट प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवाल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा र शिक्षासचिव चूडामणि पौडेल तथा डा. केसीका तर्फबाट डा. पवन थापा र डा. अमृत जैसी सहभागी छन्।
त्यस्तै, प्रतिनिधिसभा सदस्य पुकार बम पनि वार्तामा सहभागी रहेका बताइएको छ। वार्तामा डा. केसीले उठाएका पाँचबुँदे मागबारे छलफल भइरहेको छ।