पर्सामा आँपको बगैँचाबाट १४० केजी गाँजा बरामद

आइतबार, १० साउन, २०८३
डिजिटल संस्करण

पर्साको छिपहरमाई गाउँपालिकाबाट आँपको बगैँचामा लुकाएर राखिएको अवस्थामा १४० केजी अवैध गाँजा बरामद भएको छ।

शनिबार छिपहरमाई– १, मिर्जापुरस्थित आँपको बगैँचामा १३ वटा पोकामा लुकाएर राखिएको अवस्थामा ठुलो परिमाणमा गाँजा फेला परेको पर्सा प्रहरीले जनाएको छ।

विशेष सूचनाका आधारमा शनिबार राति साढे ९ बजेतिर इलाका प्रहरी कार्यालय पोखरिया र सशस्त्र प्रहरी बल बिओपी मिर्जापुरबाट खटिएको संयुक्त टोलीले खानतलासी गर्दा बगैँचामा रहेको घाँसमा लुकाएर राखिएको गाँजा बरामद गरेको हो।

सुझावित समाचार