महालक्ष्मी विकास बैंकलाई भारतमा ‘राइजिङ स्टार ग्रोथ’ अवार्ड

आइतबार, १० साउन, २०८३
डिजिटल संस्करण

महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्स कोलकाता, भारतको प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ। बैंकले ‘राइजिङ स्टार ग्रोथ’अन्तर्गतको विधामा सम्मान पाएको हो। गत वर्ष बैंक ‘सम्पत्ति गुणस्तर’बाट सम्मानित भएको थियो। 

२४ जुलाईमा नयाँदिल्लीमा आयोजित ‘चौथो इर्मजिङ एसिया बैंकिङ कनक्लेभ एन्ड अवार्डस्’ कार्यक्रममा बैंकले उक्त सम्मान प्राप्त गरेको हो। बिमस्टेक क्षेत्रमा सबैभन्दा प्रतिष्ठित मानिने बैंकिङ कनक्लेभ तथा अवार्ड कार्यक्रममा भारत, श्रीलंका, नेपाल, म्यानमार, बंगलादेशका बैंकहरूको सहभागिता थियो।

बैंकले डिजिटल बैकिङ सेवामा विस्तार, नवीन वित्तीय उत्पादनहरूको विकास, व्यवसाय विस्तार, वित्तीय पहुँचमा अभिवृद्धि तथा उत्तरदायी बैंकिङमा उत्कृट कार्य गरेबापत उक्त अवार्ड प्राप्त गरेको बताइएको छ। 

सुझावित समाचार