नेदरल्यान्ड्सँग नामिबियाको हार

आइतबार, १० साउन, २०८३
डिजिटल संस्करण

घरेलु टोली नेदरल्यान्ड्सले आइसिसी क्रिकेट विश्वकप लिग २ को शृंखलामा लगातार दोस्रो जित निकालेको छ । शनिबार भएको खेलमा उसले नामिबियालाई ५८ रनले हरायो । पहिलो खेलमा नेदरल्यान्ड्सले भ्रमणकारी टोली नेपाललाई ६ विकेटले हराएको हो ।

लगातार दोस्रो जितपछि ३० खेलमा ३६ अंकसहित नेदरल्यान्ड्स तेस्रो स्थानमा छ । उसको ग्लोबल छनोटमा स्थान बनाउने सम्भावना बढ्यो । पाँचौँ स्थानमा रहेको नेपाल र छैटौँ स्थानको नामिबियाको समान २४ अंक छ । लिग २ को शीर्ष चार टोली सिधै ग्लोबल छनोटमा स्थान बनाउनेछन् । नेपालसँगै नामिबिया र क्यानडाको समेत लिग २ मा छनोट हुने सम्भावना जीवितै छ । 

See More On

सुझावित समाचार