सरकारको स्पिरिट र जनताको अपेक्षाअनुसार प्रहरी सेवा परिष्कृत भएको छ : एसएसपी घिमिरे

शुक्रबार, ८ साउन, २०८३
डिजिटल संस्करण

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी दिलीप घिमिरेले जनअपेक्षाअनुसार प्रहरीको सेवा परिष्कृत हुँदै गएको बताएका छन्। जेन–जी आन्दोलनपछि सरकारको सोचअनुसार नै प्रहरी अघि बढेको उनको भनाइ छ ।

शुक्रबार परिसरमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रहरीले विना कुनै झन्झट सेवा पाउने गरी प्रहरीको कार्यशैली फेरिनुपर्नेमा जोड दिए । 

‘जेन–जी मुभमेन्ट पछाडिको समयमा सरकारको स्पिरिट र नागरिकको जुन अपेक्षा छ, त्यो अपेक्षालाई ‘मिट’ गर्ने हिसाबले हिजोका हामीले केही परिवर्तन गर्नुपर्छ, केही सुधार गर्नुपर्छ भन्ने मेरो लक्ष्य थियो,’ उनले भने, ‘प्रहरीलाई प्रहरीजस्तो बनाउने र आमनागरिकले खोजेको जुन सुशासन छ, त्यो सुशासन दिनका लागि प्रहरीले गर्नुपर्ने व्यवहारहरू, नागरिकले पाउनुपर्ने सेवा प्रवाहमा कुनै पनि किसिमले झन्झट नदिईकन, भनसुन नगरीकन, आर्थिक चलखेलविना सेवा पाउनुपर्छ, त्यो गर्नका लागि प्रत्येक प्रहरी कर्मचारी भित्रैदेखि परिवर्तन हुनुपर्छ ।’ 

जेन–जी आन्दोलनपछि प्रहरीले नागरिकबाट अझै धेरै माया र सदभाव पाएकोले नागरिक–प्रहरी सम्बन्ध थप सृदृढ हुँदै गएको उनको भनाइ छ। 
 

सुझावित समाचार