नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले नेपाल नजानिँदो गरी भूराजनीतिक भुमरीमा धकेलिने जोखिम रहेको बताएका छन्।
४८औं पुष्पलाल स्मृति दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा नेता ज्ञवालीले नेपाललाई भूराजनीतिक भुमरीमा धकेल्ने अनेकौँ प्रयास भइरहेका बताएका हुन्।
‘तारन्तार पश्चिमा शक्तिहरू, त्यो पनि पोलिटिकल अफिसर होइन सैन्य अफिसरहरूको भ्रमण, फ्री तिब्बत गतिविधिहरू, दलाई लामाको जन्मोत्सव, दलाई लामा जन्माउने (घोषणा)को चर्चा र खुद प्रधानमन्त्रीले संसदमा उभिएर दिएको आत्मघाती अभिव्यक्तिहरूले गर्दा नेपाल नजानिँदो गरी भूराजनीतिक भुमरीमा धकेलिन सक्ने जोखिम छ,’ उनले भने।