नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी अपहरण गरेको टुलुटुलु हेरेर नबस्ने बताएका छन्।
बिपी स्मृति दिवसका अवसरमा बुधबार इतरपक्षको कार्यक्रममा नेता सिंहले विदेशी शक्ति वा कुनै पनि अलोकतान्त्रिक तरिकाबाट पार्टी कब्जा गरे हेरेर नबस्ने बताएका हुन्।
‘इन्टरनेसनल सेटिङबाट वा अनडेमोक्रेटिक फोर्सहरूको सेटिङबाट पार्टीलाई अपहरण गरे त्यो हामी टुलुटुलु हेर्दैनौँ,’ उनले भने।
आफूहरूलाई बुढा भनेर हेप्ने गरिएको भन्दै नेता सिंहले उमेर नभई विचारलाई प्राथमिकता दिनुपर्ने आशय व्यक्त गरे। पार्टी र देशमा संकटको अवस्था आएको बताउँदै उनले कांग्रेस एक भएर जानुपर्नेमा जोड दिए।