श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

बुधबार, ६ साउन, २०८३
डिजिटल संस्करण

झापाको दमकमा श्रीमानले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन्। बुधबार दमक– १ स्थित श्रीपाली चोकका ४२ वर्षीय धनबहादुर दर्जीले ४२ वर्षीया श्रीमती विजयकुमारी दर्जीको हत्या गरेर आफैँ आत्महत्या गरेका हुन्।

सामान्य विवादका क्रममा धनबहादुरले श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। धनबहादुरले श्रीमतीको टाउको र बायाँ हातमा खुकुरी प्रहार गरेका थिए।

श्रीमतीको हत्या गरेर धनबहादुरले घरको अर्को कोठाको सिलिङ पंखामा सलको पासो लगाई आत्महत्या गरेको प्रहरीले जनाएको छ।

सुझावित समाचार