जेन-जी आन्दोलनका क्रममा डिल्लीबजार कारागारबाट फरार भएका सहकारी ठगी मुद्दाका अभियुक्त चन्द्रबहादुर तामाङ (सिबी लामा) मकवानपुरबाट पक्राउ परेका छन्।
उनी गत भदौमा भएको जेन-जी आन्दोलनमा डिल्लीबजार कारागारबाट फरार भएका थिए।
काभ्रेपलाञ्चोक जिल्ला, तेमाल गाउँपालिका-५ घर भई 'सिबी लामा' नामले परिचित तामाङलाई मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका-९ बाट प्रहरीले नियन्त्रणमा लिएको हो।
सहकारी ठगीको कसुरमा पक्राउ परेर उनी पुर्पक्षका लागि थुनामा थिए। पक्राउ परेका तामाङलाई आवश्यक कानुनी कारबाहीका लागि कारागार कार्यालय, भीमफेदी, मकवानपुर पठाइएको छ।