विद्युत्‌मा लगाइएको भ्याट फिर्ता लिन कुलमानको आग्रह

मंगलबार, ५ साउन, २०८३
डिजिटल संस्करण

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विद्युत् खपतमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) तत्काल फिर्ता लिन सरकारसँग आग्रह गरेका छन्।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्तामाथि लगाइएको ५ प्रतिशत भ्याटले स्वदेशी ऊर्जाको उपभोगलाई निरुत्साहित गर्ने बताएका छन्। 

यसैगरी, निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको घोषणालाई स्वागत गर्दै उनले त्यसलाई कानुनी रूपमै खारेज गर्न माग गरेका छन्। प्रधानमन्त्रीको उक्त घोषणालाई सामाजिक सञ्जालमा मात्र सीमित नराखी आवश्यक कानुनी प्रक्रिया पूरा गरेर तत्काल कार्यान्वयनमा ल्याउनुपर्नेमा घिसिङले जोड दिएका छन्।

घिसिङले शिक्षा र स्वास्थ्यको समता शुल्क खारेजीका साथै विद्युत्‌को भ्याट फिर्ता लिने निर्णय छिटोभन्दा छिटो गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

सुझावित समाचार