विपत् पूर्वतयारी : कपिलवस्तुमा सुरक्षा निकायलाई उद्धार सामग्री हस्तान्तरण

मंगलबार, ५ साउन, २०८३
डिजिटल संस्करण

सम्भावित प्राकृतिक विपत् तथा दुर्घटनाको तत्काल र प्रभावकारी प्रतिकार्यका लागि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जिल्लास्थित तीनवटै सुरक्षा निकाय र कारागार कार्यालयलाई आवश्यक उद्धार सामग्री हस्तान्तरण गरेको छ।

जिल्ला प्रशासन कार्यालयमा आयोजित एक कार्यक्रमबिच प्रमुख जिल्ला अधिकारी (प्रजिअ) जनार्दन गौतम र सहायक प्रजिअ भविश्वर घिमिरेले सुरक्षा निकायका प्रमुखहरूलाई संयुक्त रूपमा उद्धार सामग्री हस्तान्तरण गरेका हुन्। 

नेपाल प्रहरीलाई फायर एक्स्टिङ्गुइसर १० थान, अग्निनियन्त्रक यन्त्र २० थान, चेन स २ थान र भर्याङ १ थान, सशस्त्र प्रहरीलाई  फायर एक्स्टिङ्गुइसर १० थान, चेन स १ थान, भर्याङ १ थान, स्विमिङ ट्युब १० थान र फायर बल २ थान, नेपाली सेनालाई  फायर एक्स्टिङ्गुइसर १० थान र चेन स १ थान तथा जिल्ला कारागार कार्यालयलाई फायर एक्स्टिङ्गुइसर १० थान हस्तान्तरण गरिएको हो।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक  मनोहरप्रसाद भट्ट र सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक गोपाल अधिकारीलगायतको उपस्थिति थियो। सामग्री हस्तान्तरण गर्दै प्रजिअ गौतमले विपद्को पूर्वतयारी र द्रुत प्रतिकार्यले नै सम्भावित ठुलो धनजनको क्षति न्यूनीकरण गर्न सकिने बताए।

सुझावित समाचार