रास्वपाका सांसदले निर्वाचन क्षेत्र भ्रमण गर्दा पार्टीसँग अनिवार्य समन्वय गर्नुपर्ने

मंगलबार, ५ साउन, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरूलाई निर्वाचन क्षेत्र भ्रमण गर्दा पार्टीसँग अनिवार्य समन्वय गर्न निर्देशन दिएको छ। पार्टीले सांसदहरूको जनसम्पर्क गतिविधि व्यक्तिगत भेटघाटमा सीमित नभई संगठन विस्तार र जनताका मुद्दा संसदमा उठाउने माध्यम बन्नुपर्ने जनाएको छ।

महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी विज्ञप्तिमा क्षेत्र तथा जिल्ला भ्रमणलाई राजनीतिक रूपमा प्रभावकारी, संस्थागत र परिणाममुखी बनाउन ‘रणनीतिक समन्वय’ आवश्यक रहेको उल्लेख गरिएको छ।

रास्वपाले स्थानीय समस्या पहिचान, सांगठनिक अपनत्व, जनपरिचालन, मितव्ययिता र जनताबाट प्राप्त सुझावलाई नीतिमा रूपान्तरण गर्ने प्रणाली विकास गर्न सांसदहरूलाई सचेत गराएको छ। पार्टीले सुशासन र नागरिककेन्द्रित राजनीतिको आधार मजबुत बनाउन संघीय संसद् र नागरिकबिचको संवादलाई प्राथमिकता दिएको जनाएको छ।

सुझावित समाचार