सातामा दुई दिन बिदा दिन थालिएपछि अन्य सार्वजनिक बिदाबारे पुनरवलोकन गर्ने तयारी सरकारले गरेको छ । गत २२ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो ।
सार्वजनिक बिदा पुनरवलोकनका लागि सोमबारको सचिवस्तरीय बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयको प्रतिनिधि रहने गरी सार्वजनिक बिदा पुनरवलोकन कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
कार्यदलले १५ दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन पेस गर्ने गरी समयावधि तोकिएको छ ।