बर्दियामा प्रजाति विशेष वन्यजन्तु उद्धार तथा व्यवस्थापनसम्बन्धी तालिम दिइएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषको आयोजना प्रजाति विशेष वन्यजन्तु उद्दार तथा व्यवस्थापनसम्बन्धी तालिका दिइएको हो।
तालिममा कोशी टप्पु वन्यजन्तु आरक्ष, पर्सा राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्राविधिक, रेन्जर, वरिष्ठ गेनस्काउट, सशस्त्र वन रक्षक र पशु स्वास्थ्य सहायकलाई तालिम दिन लागिएको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाले जनाएको छ।
राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख अजित तुम्बाहाम्फेले बर्दिया राष्ट्रिय निकुञ्जको समन्वय भएको तालिममा सहभागीलाई वन्यजन्तु उद्धार तथा व्यवस्थापन गर्नका लागि आवश्यक पर्ने सैद्धान्तिक र व्यावहारिक अभ्यास गराइने बताए।
उनले भने, 'संरक्षणको क्षेत्रमा अग्रपंक्तिमा रहेर काम गर्ने संरक्षणकर्मीको क्षमता विकास गरी वन्यजन्तुको संरक्षणलाई अझ प्रभावकारी बनाउँदै मानव र वन्यजन्तुबिच सुरक्षित तथा दिगो सहअस्तित्व कायम गर्न पनि तालिम महत्वपूर्ण हुने विश्वास लिइएको छौँ।'
आजबाट सुरु भएको तालिममा साउन १० गते सम्पन्न हुनेछ।