दोहोरी साँझबाहिर खुकुरी प्रहार गर्ने तीनजना पक्राउ

शुक्रबार, १ साउन, २०८३
डिजिटल संस्करण

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– १०, बुलबुलेनजिकै रहेको भिजिट कर्णाली दोहोरी साँझबाहिर एक व्यक्तिलाई खुकुरी प्रहार गर्ने तीनजना पक्राउ परेका छन्।

बिहीबार राि सामान्य विवादका क्रममा वीरेन्द्रनगर नगरपालिका– ४ कालागाउँका ३३ वर्षीय जीवनकुमार शाहीलाई खुकुरी प्रहार गर्ने तीनजना पक्राउ परेको प्रहरीले जनाएको छ।

प्रहरीले सुर्खेत पञ्चपुरी नगरपालिका– ८ का १८ वर्षीय भरत बोगटी, सोही ठाउँका १६ वर्षीय सुमन नेपाली र वीरेन्द्रनगर नगरपालिका– ९ का १९ वर्षीय रोशन शाहीलाई पक्राउ गरेको हो। घटनामा संग्लन रहेका पञ्चपुरी नगरपालिका– ५ का २६ वर्षीय हरिश रोकाया फरार रहेको प्रहरीले जनाएको छ।

खुकुरी प्रहारबाट टाउकोमा चोट लागेका शाहीको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार