क्रिएटर मार्केटिङ प्लाटफर्मद्वारा नेपाल र भारतमा आफ्नो औपचारिक सेवा सुरु

शुक्रबार, १ साउन, २०८३
डिजिटल संस्करण

दक्षिण एसियामा एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लाटफर्मले नेपाल र भारतमा आफ्नो औपचारिक सेवा सुरु गरेको छ। कम्पनीले व्यवसाय र क्रिएटरलाई एउटै प्लाटफर्ममार्फत जोड्दै क्याम्पेन व्यवस्थापन, भिडियो सम्पादन, भुक्तानी तथा कन्टेन्ट अधिकार व्यवस्थापनजस्ता सेवा उपलब्ध गराउने जनाएको छ।

शुभारम्भ कार्यक्रममा Veel का संस्थापक तथा सिइओ  दिलीप ढकालले दक्षिण एसियाको क्रिएटर अर्थतन्त्रलाई विश्वस्तरीय प्रविधिसँग जोड्ने लक्ष्य रहेको बताए। कार्यक्रममा नेपालका लागि अमेरिकी नियोगका कार्यवाहक प्रमुख स्कट उर्बोम र डा. मनीष थापा प्रमुख अतिथिका रूपमा सहभागी थिए।

क्रिएटर मार्केटिङ प्लाटफर्मले हालमार्फत विश्वभर ४५० भन्दा बढी ब्रान्ड, ५.५ लाखभन्दा बढी प्रमाणित क्रिएटर र १२१ भन्दा बढी देश आबद्ध छन्। नेपालमा कम्पनीले एनसिएचएल, फोनपे, इसेवा, खल्ती र हाम्रो पेसँग स्थानीय भुक्तानी साझेदारी गरेको छ।

सुझावित समाचार