सरकारले आर्थिक वर्ष ०८३/८४ मा विद्युत् उत्पादनभन्दा पनि पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ । यो वर्ष प्रसारण र वितरण पूर्वाधार सुदृढीकरणलाई उच्च प्राथमिकतामा राख्दै करिब ८० अर्ब लगानी गर्ने तथा रणनीतिक महत्वका १२ वटा प्रसारणलाइन सम्पन्न गर्ने लक्ष्य राखेको छ ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले पूर्वाधार विस्तार सरकारको मुख्य प्राथमिकता रहेको बताएका छन् ।
पर्याप्त विद्युत् उत्पादन हुँदाहुँदै पनि जीर्ण तथा कमजोर प्रसारण र वितरण प्रणालीका कारण पछिल्लो समय ट्रिपिङ र विद्युत् आपूर्तिमा समस्या देखिएको उनको भनाइ छ । आगामी आर्थिक वर्षको अन्त्यसम्म ६६ केभी वा सोभन्दा माथिका प्रसारणलाइनको लम्बाइ करिब सात हजार ४८ सर्किट किलोमिटर पुग्नेछ ।