चट्याङले पर्सामा धान रोपिरहेका सातजना महिला घाइते

बिहिबार, ३२ असार, २०८३
डिजिटल संस्करण

वर्षासँगै परेको चट्याङका कारण पर्साको पकहामैनपुर गाउँपालिका– १, धोरेस्थित सिधौलिया जाने सीमावर्ती क्षेत्रमा धान रोपिरहेका सातजना महिला घाइते भएका छन्।

घाइते हुनेमा स्थानीय ५५ वर्षीया शान्तिदेवी सहनी, ५५ वर्षीया राधिकादेवी सहनी, ५५ वर्षीया रितादेवी सहनी, ५२ वर्षीया कुश्मीदेवी सहनी, ४२ वर्षीया सन्ध्या देवी, ३५ वर्षीया प्रमिला सहनी र ३५ वर्षीया संगीता देवी रहेका छन्।

घाइतेमध्ये शान्तिदेवी सहनीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ र उनको अवस्था सामान्य रहेको जनाइएको छ। अन्य ६ जनाको भारतको रक्सौलस्थित डंकन अस्पतालमा उपचार भइरहेको छ।

उपचाररतमध्ये कुश्मीदेवी सहनीको अवस्था गम्भीर रहेको छ भने अन्य पाँचजनाको अवस्था मध्यम रहेको बताइएको छ। घटनाबारे सम्बन्धित निकायले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

See More On

सुझावित समाचार