माइतीघरमा पोखियो किसानको पसिना

बिहिबार, ३२ असार, २०८३
डिजिटल संस्करण

उपभोक्ताले प्रतिकेजी ५० रुपैयाँभन्दा बढीमा खरिद गर्दै आएको गोलभेँडाको मूल्य किसानले भने सात–आठ रुपैयाँ मात्रै पाएका छन् । जुन मूल्यले गोलभेँडा उत्पादन गर्दाको लागत पनि नउठेको भन्दै निराश किसानले माइतीघरको सडकमा पोखेर सांकेतिक रूपमा पीडा व्यक्त गरेका छन् । माइतीघर आमपीडितको दुःख बिसाउने यस्तो साझा चौतारी बनिरहेको छ जुन सिंहदरबारबाट केही मिटर मात्रै दूरीमा छ ।

भक्तपुरको कमलविनायक, ललितपुरको चापागाउँ, काभ्रेको नालालगायत क्षेत्रका किसानले सरकारको ध्यानाकर्षण गराउँदै बुधबार माइतीघरमा १५ क्रेट गोलभेँडा पोखेर प्रदर्शन गरेका थिए । ‘हामीले भक्तपुरको कमलविनायकमा गोलभेँडा फर्म सञ्चालन गरेका छौँ, आठ रुपैयाँ केजीमा बेच्नुपरेको छ । बिचौलियाले हामीलाई कम पैसा दिएर उपभोक्तासँग महँगो मूल्य लिएका छन्,’ किसान गोपाल थापाले भने, ‘जग्गा भाडामा लिएर खेती गरेका छौँ, तर भाउ नपाउँदा बिउ किन्न गरेको खर्च पनि उठेन । खेती गरेका छौँ, तर भाउ नपाउँदा बिउ किन्न गरेको खर्च पनि उठेन ।’ सरकारले नै मूल्यदर तोकिदिएर किसानमाथि न्याय गर्नुपर्ने उनको माग छ ।

कमलविनायक क्षेत्रकै किसान खेम थापाको गुनासो पनि समान छ । ‘किसानले मूल्य नपाउनुको मुख्य कारण सरकार र बिचौलिया हो । बजारमा उपभोक्ताले खरिद गर्दा महँगो गोलभेँडाको भाउ हामी किसानलाई किन सात–आठ रुपैयाँ मात्रै छ ? यो किसानमाथि घोर अन्याय हो,’ उनले भने, ‘महँगो जग्गा भाडामा लिएर खेती गर्नुपरेको छ, त्यसमा पनि मूल्य नपाउँदा हामी तनावमा छौँ ।’

See More On

सुझावित समाचार