सरकारले संसद्लाई बुझायो आगामी वर्षको विधायन कार्यतालिका, १६६ विधेयक पेस गरिने
सरकारले आगामी आर्थिक वर्ष ०८३/८४ मा निर्माण गरिने कानुनहरूको मस्यौदाको सूची र कार्यतालिका संघीय संसद्मा पठाएको छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले बुधबार सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललाई छुट्टाछुट्टै भेटेर आगामी वर्ष निर्माण गरिने कानुनको मस्यौदा सूची र कार्यतालिका हस्तान्तरण गरेकी हुन्।
विधायन ऐन, २०८१ अनुसार कानुन मन्त्रालयले आगामी वर्षमा सदनमा पेस गरिने विधेयकहरूको सूचीसहित वार्षिक विधायन कार्यतालिका असार मसान्तभित्र संघीय संसद्मा पठाइसक्नुपर्ने कानुनी व्यवस्था छ। ऐनको दफा ३ मा सम्बन्धित मन्त्रालयले आगामी आर्थिक वर्षमा तर्जुमा गर्नुपर्ने विधेयक पहिचान गरी प्रत्येक वर्षको जेठ महिनाभित्र विधेयकको प्राथमिकताक्रम खुलाई कानुन मन्त्रालयमा पठाउनुपर्ने व्यवस्था छ।
यसैगरी सम्बन्धित मन्त्रालयबाट प्राप्त विवरणका आधारमा कानुन मन्त्रालयले सम्बन्धित मन्त्रालयसँग छलफल गरी संघीय संसद्मा पेस गर्ने विधेयकको प्राथमिकताक्रम निर्धारण गरी वार्षिक कार्यतालिका निर्धारण गर्नुपर्ने व्यवस्था छ।
गृहमन्त्री गुरुङ राति निजगढ पुगे, मिटरब्याजपीडितसँग निर्णायक वार्ता
मिटरब्याज तथा ठगीविरुद्ध आन्दोलनरत पीडितसँग प्रत्यक्ष वार्ता गर्न गृहमन्त्री सुदन गुरुङ बुधबार बेलुकी करिब ८ बजे बाराको निजगढ पुगेका छन्।
जनकपुरबाट काठमाडौंतर्फ पैदल न्याय मार्चमा रहेका आन्दोलनकारीसँग मंगलबार भएको वार्तालाई निरन्तरता दिँदै दुवै पक्षले निर्णायक रूपमा लिएका छन्।
गृहमन्त्री गुरुङ वार्ताका निम्ति मंगलबारदेखिनै आन्दोलनकारी टोलीसँग निजगढ नगर उद्योग वाणिज्य संघको भवनमा सुरु भएको छ। वार्तामा मधेश प्रदेशका नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारी, बाराका प्रमुख जिल्ला अधिकारी तथा सम्बन्धित सरकारी निकायका प्रतिनिधिहरू पनि सहभागी छन्।
प्रतिनिधिसभाको अर्को बैठक साउन १४ गते
प्रतिनिधिसभाको अर्को बैठक एकैपटक साउन १४ गते बस्ने भएको छ। सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक साउन १४ गते बिहीबार बिहान ११ बजे बस्ने सूचना आजको बैठकमा सुनाए।
सभामुख अर्यालले आगामी बैठकहरूमा सांसदहरूसँग अझै बढी सक्रियता अपेक्षा गरेको बताए। प्रदेश सरकार र स्थानीय तहका भोगाइ, जटिलता र अपेक्षालाई संघसम्म जोड्ने नेतृत्वदायी भूमिका सांसदहरूले नै खेल्नुपर्ने उल्लेख गर्दै उनले बैठक नभएको समयमा जनतामा जान आग्रह गरे।
यसरी पोखियो माइतीघर मण्डलामा किसानका गोलभेँडा (फोटोफिचर)
उचित मूल्य नपाएको भन्दै किसानले माइतीघर मण्डलामा गोडभेँडा पोखेका छन्। बुधबार उचित मूल्यको माग गर्दै र बिचौलिया हटाउन सरकारसँग माग गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरूले किसानलाई सही बजार व्यवस्थापन गर, कृषि बिमा लागू गरलगायतका नारा लेखिएको प्लेकार्ड बोकेका छन् ।
मुख्यमन्त्री शाहले बर्खास्त गरे एमालेका चार मन्त्री
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा एमालेका चारजना मन्त्रीलाई बर्खास्त गरेका छन्। सरकारको बजेटको विषयमा विवाद चर्किएपछि मुख्यमन्त्री शाहले एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरेका हुन्।
भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पाल, आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्की, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापा र भौतिक पूर्वाधार राज्यमन्त्री निर्मलादेवी साउदलाई बर्खास्त गरिएको मुख्यमन्त्रीनिकट स्रोतले जनाएको छ।
बलात्कारको आरोपमा पक्राउ परेका डिआरः जो भाग्दै गर्दा कार दुर्घटनामा परे
दाङ तुलसीपुरमा बलात्कारको आरोपमा एक सहकारीका सीइओ पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं.७ निवासी धनिराम भण्डारी(डिआर) रहेका छन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक टोपेन्द्र बुुढामगरका अनुसार भण्डारीले बुधबार राति तुलसीपुरको रजौरास्थित एक होटेलमा काम गर्ने बालिकालाई बलात्कार गरेको भनि जाहेरी परेको बताए ।
कर्णालीका चार मन्त्रीको राजीनामा स्वीकृत
कर्णालीमा नेपाली कांग्रेसबाट सहभागी मन्त्रीहरूले दिएको राजीनामा स्वीकृत भएको छ। कर्णाली प्रदेश सरकारमा सहभागी चार मन्त्रीको राजीनामा स्वीकृत भएको हो।
बुधबार सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, आर्थिक मामिला तथा योजनामन्त्री राजिवविक्रम शाह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारी, जलस्रोत तथा ऊर्जा विकासमन्त्री विजया बुढाले मुख्यमन्त्री यामलाल कँडेलसमक्ष राजीनामा बुझाएका थिए ।
गाउँपालिकाका इन्जिनियर ६ लाख घुससहित पक्राउ
इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर (छैटौँ तह) डिल्लीराज खड्का घुससहित झापामा पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल र आयोगको कार्यालय, इटहरीबाट संयुक्त रूपमा खटिई गएको टोलीले बुधबार उनलाई ६ लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो।
पुलको रिडिजाइन स्वीकृत गराइदिएको तथा ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भन्दै ठेकेदारलाई दुःख दिएर उनले घुस मागेका हुन्। दमक नगरपालिका– १ स्थित खाजा घरबाट घुस लिएलगत्तै आयोगको टोलीले उनलाई पक्राउ गरेको हो।
नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित नेबिस २०२६ घोषणा
नेपाल र संयुक्त राज्य अमेरिकाबिच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा आर्थिक सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले ग्रेटर न्युयोर्क नेपाली चेम्बर अफ कमर्सले नेपाली–अमेरिकन बिजनेस एन्ड इन्भेस्टमेन्ट समिट (नेबिस) २०२६ को औपचारिक घोषणा गरेको छ।
आगामी सेप्टेम्बर २५ देखि २७ सम्म न्युयोर्क जेएफके मेरियट होटेलमा आयोजना हुने तीनदिने समिटमा नेपाल र अमेरिकाका सरकारी प्रतिनिधि, व्यवसायी, लगानीकर्ता, उद्यमी, नीति–निर्माता तथा नेपाली डायस्पोराको सहभागिता रहने आयोजकले जनाएको छ।
सुनील पौडेलसमेत प्रतिवादी रहेको तीन मुद्दामा ठहरको फैसला, एउटामा सफाइ
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेलसमेत प्रतिवादी रहेको चार मुद्दामा विशेष अदालतले फैसला गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको यी मुद्दामध्ये दुईवटामा आंशिक ठहरको फैसला भएको छ भने एउटामा सजाय निर्धारणका लागि पेस गर्ने आदेश भएको छ। पाैडेलले एउटा मुद्दामा सफाइ पाएका छन्।
विशेषका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरू हेमन्त रावल तथा डिल्लीरत्न श्रेष्ठको इजलासले मंगलबार लगाउमा रहेका चारै मुद्दामा फैसला गरेको हो। सुनील पौडेल र उनका दाइ अनिल पौडेल प्रतिवादी रहेको गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा दुई वर्ष ६ महिना कैदको फैसला उक्त इजलासबाट भएको छ भने गैरकानुनी आर्जन गरेको सम्पत्तिसमेत जफत हुने भएको छ।
विशेषबाट जारी संक्षिप्त फैसलाअनुसार अनिल पौडेलका नाममा रहेको सम्पत्ति जफत नहुने भएको छ भने सुनीलका नाममा रहेको १२ करोड ७५ लाख रुपैयाँभन्दा बढी गैरकानुनी आर्जन देखिएकाले जफतको फैसला भएको हो। सुनीलले क्षतिपूर्ति शूल्कबापत ५१ लाख रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने छ। उनीविरुद्ध ९ वैशाख ०८१ मा यो मुद्दा दर्ता भएको थियो।