सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद विदुषी राणाले राइड सेयरिङ तथा डेलिभरी सेवामा संलग्न चालकहरूको सामाजिक सुरक्षा सुनिश्चित गर्न सरकारसँग नीतिगत व्यवस्था गर्न आग्रह गरेकी छिन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले राइड सेयरिङ तथा डेलिभरी क्षेत्रमा कार्यरत हजारौँ चालकका लागि सामाजिक सुरक्षा, बिमा र स्वास्थ्य सुरक्षासम्बन्धी व्यवस्था आवश्यक रहेको बताइन्।
उनले साइकल र मोटरसाइकल धेरै युवाका लागि केवल सवारीसाधन नभई जीविकोपार्जनको प्रमुख माध्यम बनेको उल्लेख गर्दै उनीहरूले यही आम्दानीबाट परिवारको खर्च चलाउने, छोराछोरीको शिक्षा धान्ने र सर्वसाधारणलाई समयमै सेवा उपलब्ध गराइरहेको बताइन्।
तर, उनीहरूको श्रमको उचित सम्मान र सामाजिक सुरक्षा अझै सुनिश्चित हुन नसकेको भन्दै उनले दुर्घटना हुँदा सुरक्षा, बिरामी पर्दा स्वास्थ्य सेवा तथा आयको स्थायित्व सुनिश्चित गर्ने नीति सरकारले ल्याउनुपर्नेमा जोड दिइन्।