पोखरामा लागुऔषधसहित पाँच भारतीय पक्राउ

सोमबार, २९ असार, २०८३
डिजिटल संस्करण

कास्कीको पोखरा महानगरपालिका–३२, मजुवाबाट लागुऔषध नियन्त्रण ब्युरोले नियन्त्रित लागुऔषधसहित पाँच भारतीयलाई पक्राउ गरेको छ।

ब्युरोको पोखराबाट खटिएको प्रहरी टोलीले आइतबार इलाका प्रहरी कार्यालय डाँडाको नाकसमेतको सहयोगमा भारतीय नम्बर प्लेटको कारभित्र लुकाएको अवस्थामा लागुऔषध बरामद गरेको हो। युपी ५३ वाई ७७०४ नम्बरको कारभित्र लुकाएर राखेको बुप्रेनोर्फिन, डाइजेपाम र फेनारगन एम्पुल १८०० र ट्रामाडोल ५१० क्याप्सुलसहित पाँच भारतीय पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश सरदार नगर गोरखपुरका २७ वर्षीय विकास कुमार, खोरावारका २९ वर्षीय बर्जली पासवान, अराजी वसडिलाका ३३ वर्षीय अभयकुरार मिश्र, कुसुमी बजारका ३३ वर्षीय प्रितम कुमार र नन्दनगर दरगहियाका २५ वर्षीय अभिशेककुमार पासवान रहेका छन्।

सुझावित समाचार