एनआइसीले दियो विद्यालयलाई कम्प्युटर

सोमबार, २९ असार, २०८३
डिजिटल संस्करण

एनआइसी एसिया बैंकले सूर्यविनायक नगरपालिका– २, बालकोट, भक्तपुरस्थित श्री बाल विनायक आधारभूत विद्यालयलाई ल्यापटप र डेस्कटप कम्प्युटर सहयोग गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यार्थीको पठनपाठनलाई सहज बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जनामा सहयोग गर्ने उद्देश्यसहित उक्त सहयोग गरिएको बताएको छ ।

उक्त कार्यक्रमबिच बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रञ्जन खड्का र बैंकका काठमाडौंपूर्वका सर्कल हेड गणेश पौडेलले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सूर्यविनायक नगरपालिका– २ का अध्यक्ष जनार्दन खड्का तथा विद्यालयका प्रधानाध्यापक सबिना राजभण्डारीलाई सामग्री हस्तान्तरण गरेका हुन् ।

सुझावित समाचार