गणेश नेपाली आत्मदाह घटना छानबिन गर्न पूर्वन्यायाधीशको संयोजकत्वमा समिति बन्ने

आइतबार, २८ असार, २०८३
डिजिटल संस्करण

गणेश नेपालीको आत्मदाह घटना छानबिन गर्न पूर्वन्यायाधीशको संयोजकत्वमा समिति गठन हुने भएको छ।

आइतबार पीडित पक्ष र सरकारबिच स्वतन्त्र छानबिन समिति गठन गर्ने सहमति भएको हो। समितिले गठन भएको मितिले सात दिनभित्र सरकारलाई प्रतिवेदन बुझाउनेछ।

गणेशलाई सहिद घोषणा गर्ने सम्बन्धमा प्रचलित कानुन, विगतको अभ्यास तथा गठन हुने छानबिन समितिको प्रतिवेदन र सिफारिसका आधारमा आवश्यक निर्णय गर्ने नौबुँदे सहमतिमा उल्लेख छ।

सुझावित समाचार