क्यानडा पठाइदिने प्रलोभन देखाएर २६ जनाबाट करिब दुई करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कैलालीको लम्कीचुहा नगरपालिका– ६ घर भई हाल काठमाडौंको चन्द्रागिरि नगरपालिका– ५ बस्ने ४६ वर्षीय लहानुराम चौधरी रहेका छन्।
उनलाई वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै पीडितहरूबाट रकम असुली गरी सम्पर्कविहीन भएको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।