महालक्ष्मी विकास बैंकको कफी लाउन्जसहितको डिजिटल हब उद्घाटन

शुक्रबार, २६ असार, २०८३
डिजिटल संस्करण

महालक्ष्मी विकास बैंकले काठमाडाैंको ज्ञानेश्वरमा कफी लाउन्जसहितको डिजिटल हबको औपचारिक उद्घाटन गरेको छ। शुक्रबार एक कार्यक्रमबिच बैंकका सञ्चालक समिति अध्यक्ष राजेश उपाध्यायले कफी लाउन्जसहितको डिजिटल हब रहेको कार्यालय भवनको उद्घाटन गरेका हुन्।

सो अवसरमा बैंकका सञ्चालक समिति सदस्यहरू, प्रमुख कार्यकारी अधिकृतलगायत उच्च व्यवस्थापन समितिका पदाधिकारीहरू र बैंक कर्मचारीहरूको उपस्थिति थियो। नेपालको बैंकिङ क्षेत्रमा यस प्रकारको सेवा प्रदान गर्नेमा महालक्ष्मी विकास बैंक सम्भवतः पहिलो भएको बताइएको छ।

डिजिटल बैंकिङ सेवालाई आधुनिकीकरण, सुरक्षित, प्रविधि तथा ग्राहकमैत्री बनाउँदै लैजाने नीतिलाई निरन्तरता दिँदै बैंकिङ सेवामा नवीनतम अवधारणाको प्रयोगको रूपमा कफी लाउन्जको सुविधासमेत थप गरिएको र यसअन्तर्गत ग्राहकले आरामदायी वातावरणमा बसेर नगद रकम जम्मा गर्ने, चेक क्लियरिङ गर्ने, नगद झिक्ने तथा अन्य विद्युतीय कारोबारहरूको विशिष्ट अनुभव लिन सक्ने बैंकले जनाएको छ।

सुझावित समाचार