सुनको मूल्य तोलामा दुई हजार सात सय रुपैयाँले बढ्यो

शुक्रबार, २६ असार, २०८३
डिजिटल संस्करण

नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला दुई लाख ८४ हजारसात सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार दुई हजार सात सय रुपैयाँले वृद्धि हुँदै दुई लाख ८७ हजारचार सय रुपैयाँ पुगेको छ।

त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। बिहीबार प्रतितोला चार हजार ३४० रुपैयाँ रहेको चाँदी शुक्रबार १७० रुपैयाँले बढेर चार हजार ५१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

सुझावित समाचार