सरकारलाई एमालेको प्रश्न– बालेन सरकार ‘एक चीन नीति’विरुद्ध हो ?

बिहिबार, २५ असार, २०८३
डिजिटल संस्करण

नेकपा एमालेका सांसद ऐन महरले सरकारले पृथकतावादी नेता दलाई लामाको जन्मदिनको कार्यक्रम मनाउन अनुमति दिएकोमा आपत्ति जनाएका छन्।

असार २२ गते स्वयम्भूस्थित नामग्याल निमाविमा पश्चिमा देशका राजदूतहरूसमेतको उपस्थिति कार्यक्रम भएको उल्लेख गर्दै महरले ‘एक चीन नीति’बारे वर्तमान सरकारको आधिकारिक धारणा मागे।

नेपालको भूमि छिमेकीविरुद्ध प्रयोग गर्ने अधिकार कसैलाई नभएको प्रस्ट पार्दै महरले बालेन सरकारले राष्ट्रहितविरोधी र सामाज्यवादपरस्त नीति लिएको टिप्पणी गरे। उनले भने, ‘पश्चिमा शक्तिहरू नेपाललाई चीनविरोधी अखडा बनाउन र नेपाललाई युक्रेन बनाउन भित्री रूपमा कति षड्यन्त्रमा लागिरहेका छन् भन्ने कुरा यस घटनाले स्पष्ट पारेको छ।’

सांसद महरले पञ्चशीलका सिद्धान्त, असंलग्न परराष्ट्र नीति, एक चीन नीतिका विषयमा वर्तमान सरकारको आधिकारिक धारणा माग गरे। उनले भने, ‘के वर्तमान सरकार एक चीन नीतिको विरुद्धमा हो ? के बालेन्द्र सरकारको छिमेकीसँगको परराष्ट्र नीति परिवर्तन भएको हो ? के नेपालले अवलम्बन गर्दै आइरहेको पञ्चशीलका सिद्धान्त र असंलग्न परराष्ट्र नीतिका सन्दर्भमा फेरबदल ल्याएको हो ?’

सुझावित समाचार