देवरले गरे भाउजूको हत्या, शव शौचालयमा फालिदिए

मंगलबार, २३ असार, २०८३
डिजिटल संस्करण

मोरङको ग्रामथानमा देवरले  भाउजूको हत्या गरेर शव शौचालयमा लगेर फ्याँकिदिएका छन्। ग्रामथान गाउँपालिका–६, झोवावनीका २१ वर्षीय सौचन राजवंशीले भाउजु २० वर्षीया सीमा राजवंशीको सोमबार साँझ खुकुरी प्रहार गरी हत्या गरेर शवलाई घिसार्दै घरनजिकै रहेको शौचालयमा फयाँकिदिएका हुन्। 

घरायसी विवादमा सोमबार साँझ साढे ८ बजेतिर देवर सौचन र भाउजू सीमाबिच विवाद भएको थियो। सोही क्रममा देवर साैचनले धारिलो खुकुरी प्रहार गरेर भाउजूको हत्या गरेका थिए।

उनीहरूको झगडा छुट्याउने क्रममा ठुलोबाबु शिवलाल खवास पनि घाइते भएका छन्। भाउजूको हत्या गर्ने देवरलाई पक्राउ गरेर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।   
 

सुझावित समाचार