मनसुन सक्रिय भएपछि धान रोपाइँ तीव्र

२२ असारसम्म देशभर ३२.३८ प्रतिशत रोपाइँ, मधेशमा पनि सन्तोषजनक अवस्था

मंगलबार, २३ असार, २०८३
डिजिटल संस्करण

मनसुन सक्रिय भएसँगै देशभर धान रोपाइँले तीव्रता पाएको छ । कृषि विभागका अनुसार सोमबारसम्म देशभर ३२.३८ प्रतिशत रोपाइँ सकिएको छ । मनसुनमा ढिलाइ हुँदा असार दोस्रो साता (१२ असार)सम्म मुस्किलले ११.३३ प्रतिशत रोपाइँ सकिएको थियो । तर, त्यसयता निरन्तर वर्षा भइरहेका कारण रोपाइँमा उल्लेख्य सुधार आएको विभागको तथ्यांक छ । पछिल्लो दश दिनमा मात्रै रोपाइँमा २१ प्रतिशत प्रगति भएको छ ।

मधेशमा तुलनात्मक रूपले रोपाइँमा सुधार भएकाले पनि समग्र अवस्था सन्तोषजनक दखिएको हो । सबैभन्दा धेरै धान उब्जनी हुने मधेशमा सोमबारसम्म १५.६ प्रतिशत रोपाइँ सकिएको छ । त्यस्तै, कोशीमा ३१.५ प्रतिशत, बागमतीमा ३३.२ प्रतिशत, गण्डकीमा ४१ प्रगति, लुम्बिनीमा ३७.३ प्रतिशत, कर्णालीमा ४०.५ प्रतिशत र सुदूरपश्चिममा ५७.९ प्रतिशत रोपाइँ सकिएको छ ।

विभागका अनुसार यो वर्ष १७ लाख ७० हजार ६२ हेक्टरमा रोपाइँको अनुमान गरेको हालसम्म चार लाख ४३ हजार पाँच सय ५९ हेक्टरमा रोपाइँ सकिएको छ । कोशीमा दुई लाख ७६ हजार तीन सय ८७ हेक्टरमा रोपाइँको अनुमान गरेकामा ८७ हजार ३३ हेक्टर, मधेशमा तीन लाख ८५ हजार नौ सय ३३ हेक्टर रोपाइँको अनुमान गरेकोमा ६० हजार तीन सय ४६ हेक्टर, बागमतीमा एक लाख १४ हजार पाँच सय २४ हेक्टरमा रोपाइँको अनुमान गरेकोमा ३८ हजार २६ हेक्टर र गण्डकीमा ९३ हजार ६ सय ६ हेक्टरमा रोपाइँको अनुमान गरेकोमा ३८ हजार तीन सय ८९ हेक्टरमा रोपाइँ सकिएको छ ।

त्यस्तै, लुम्बिनीमा तीन लाख एक हजार तीन सय ७२ हेक्टर रोपाइँको अनुगमन गरेकोमा एक लाख १२ हजार पाँच सय नौ हेक्टर, कर्णालीमा ४३ हजार दुई सय ९० हेक्टर रोपाइँको अनुगमन गरेकोमा १७ हजार पाँच सय ४९ र सुदूरपश्चिममा एक लाख ५४ हजार नौ सय ५० हेक्टर रोपाइँको अनुमान गरेकोमा ८९ हजार सात सय ४२ हेक्टर रोपाइँ सकिएको विभागले जनाएको छ ।

गत वर्षभन्दा कम रोपाइँ
गत वर्षको तुलनामा अहिलेको रोपाइँ भने कम हो । गत वर्ष २२ असारसम्म ४५ प्रतिशत रोपाइँ सकिएको विभागको तथ्यांक छ । गत वर्ष यही अवधिमा कोशीमा २९.५ प्रतिशत, मधेशमा २५.१ प्रतिशत, बागमतीमा ५१.९ प्रतिशत, गण्डकीमा ५५.६ प्रतिशत, लुम्बिनीमा ५२.१ प्रतिशत, कर्णालीमा ७१.७ प्रतिशत र सुदूरपश्चिममा ८२.८ प्रतिशत रोपाइँ सकिएको थियो । गत वर्ष खडेरी पर्दा मधेशमा रोपाइँ गर्न मुस्किल भएको थियो ।

See More On

सुझावित समाचार