बोस होम एप्लायन्सेस, नेपालको ब्रान्ड एम्बासडरमा मिस नेपाल वल्र्ड–२०१६ विजेता अस्मी श्रेष्ठ नियुक्त भएकी छिन् । यस साझेदारीमार्फत कम्पनीले नेपालमा आफ्नो उपस्थितिलाई अझ सुदृढ गर्दै प्रिमियम, भरपर्दो र सुन्दर डिजाइनका घरेलु उपकरण खोजिरहेका उपभोक्तासँग थप नजिकिने लक्ष्य राखेको बताइएको छ ।
कम्पनीसँग अस्मीको सहकार्य ब्रान्डको प्रिमियम गुणस्तर, बौद्धिक प्रविधि, आकर्षक डिजाइन र विश्वसनीय प्रदर्शनप्रतिको प्रतिबद्धतासँग मेल खाने बताइएको छ ।
श्रेष्ठले शैली र कार्यक्षमता दुवैलाई महत्व दिने आधुनिक नेपाली घरपरिवारको आकांक्षालाई प्रतिनिधित्व गर्ने बताइएको छ । बोस होम एप्लायन्सेस अग्रणी घरेलु उपकरण ब्रान्ड हो ।