काठमाडौं उपत्यकासहित देशका २६ जिल्लामा आज बाढीको जोखिम रहेको भन्दै बाढी पूर्वानुमान महाशाखाले सतर्क रहन आग्रह गरेको छ।
महाशाखाले बुधबार बिहान सार्वजनिक गरेको प्रक्षेपणअनुसार काठमाडं, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र धादिङका नदी तथा खोलामा बहाव बढ्ने र बाढी आउने सम्भावना रहेको जनाएको छ।
यस्तै झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, गोरखा, चितवन, तनहुँ, लमजुङ, कास्की, नवलपरासी (पश्चिम), रुपन्देही र कपिलवस्तुमा पनि आज बाढीको जोखिम रहेको महाशाखाको प्रक्षेपणमा उल्लेख छ।
त्यसैगरी दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा तथा आसपासका जिल्लाबाट बग्ने साना नदी तथा खोलाहरूमा बहाव उल्लेख्य रूपमा बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहने भएकाले नदीतटीय क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
