इटहरीबाट एलजी इसेन्सिएल सार्वजनिक

बुधबार, १७ असार, २०८३
डिजिटल संस्करण

एलजी इलेक्ट्रोनिक्स ब्रान्ड, सिंगापुरले नेपाली उपभोक्ताको आवश्यकता र जीवनशैलीलाई केन्द्रमा राखी विकास गरिएको नयाँ घरेलु उपकरण ‘एलजी इसेन्सिएल सिरिज’ सार्वजनिक गरेको छ ।

कम्पनीले आफ्नो आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्ससँगैको सहकार्यमा इटहरीमा उक्त शृंखलाको औपचारिक घोषणा गरिएको हो । ‘हरेक घरको खुसी, घर–घरमा एलजी’ अभियानअन्तर्गत सार्वजनिक गरिएको यो सिरिजले आधुनिक प्रविधि, उत्कृष्ट कार्यसम्पादन, टिकाउपन तथा किफायती मूल्यलाई एकैसाथ समेटेको कम्पनीको दाबी छ । नेपाली परिवारको दैनिक आवश्यकता तथा स्थानीय परिस्थितिलाई ध्यानमा राखेर डिजाइन गरिएका यी उत्पादनले गुणस्तरीय जीवनशैलीलाई अझ सहज बनाउने कम्पनीले अपेक्षा गरेको छ । 

नयाँ शृंखलामा डबल–डोर रेफ्रिजेरेटर, फुल्ली अटोमेटिक टप–लोड वासिङ मेसिन तथा रुम एयर कन्डिसनर समावेश छन् । फ्रस्ट–फ्री टेक्नोलोजीसहितको डबल डोर रेफ्रिजेरेटरले म्यानुअल डिफ्रोस्टिङको आवश्यकता हटाउने बताइएको छ । साथै, अघिल्ला मोडेलहरूको तुलनामा २० प्रतिशत ठुलो तरकारी भण्डारण क्षमतासमेत छ । यसैगरी, वासिङ मेसिनमा प्रोसिल्ड मोटर, बिएमसी कभर तथा वाटरप्रुफ प्यानललगायतका सुविधा छन् । 

कम्पनीका अनुसार ऊर्जादक्ष प्रविधिसहितको यस एयर कन्डिसनरले प्रभावकारी कुलिङ र हिटिङ सुविधा प्रदान गर्छ । परम्परागत ननइन्भर्टर एसीको तुलनामा यसले कम विद्युत् खपत गर्ने र यो वातावरणमैत्री रहेको कम्पनीको भनाइ छ । 

सुझावित समाचार