त्रिविअन्तर्गतका सबै क्याम्पसबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

मंगलबार, १६ असार, २०८३
डिजिटल संस्करण

विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले त्रिविअन्तर्गतका सबै क्याम्पसको हाताभित्र रहेका दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ। निर्देशनालयले सूचना जारी गर्दै त्रिवि र मातहतका सबै विभाग तथा शिक्षण संस्थालाई क्याम्पसपरिसरभित्र रहेका दलीय विद्यार्थी संगठनका संरचना हटाउन भनेको हो।

सरकारले आफ्नो सयदिने कार्ययोजनामै शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप अन्त्य गर्ने, विद्यार्थीको वास्तविक आवाज सुनिश्चित गर्ने तथा शैक्षिक गुणस्तरमा सुधार ल्याउने उल्लेख गरेको छ। सोही विषय कार्यान्वयन गराउन लागिएको त्रिविले जनाएको छ।

निर्देशनालयले ६० दिनभित्र विद्यालय तथा विश्वविद्यालय परिसरबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन भनेको छ। हटाएको ९० दिनभित्र ‘स्टुडेन्ट काउन्सिल वा भ्वाइस अफ स्टुडेन्ट’ गठन गर्ने बताइएको छ।

त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सबै विभागीय प्रमुखलाई दलीय विद्यार्थी संगठनका संरचना हटाउन र त्यसको जानकारी गराउन पनि निर्देशन दिएको छ।

सुझावित समाचार