सल्यानबाट दुई थान भरुवा बन्दुक बरामद

आइतबार, १४ असार, २०८३
डिजिटल संस्करण

सल्यान प्रहरीले बनगाड कुपिण्डे नगरपालिकाबाट दुई थान अवैध भरुवा बन्दुक बरामद गरेको छ। गोप्य सूचनाका आधारमा प्रहरीले बेवारिसे अवस्थामा लुकाइछिपाइ राखिएको बन्दुक फेला पारेको हो।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार बनगाड कुपिण्डे नगरपालिका–१२, भदालेस्थित जंगल क्षेत्रबाट अवैध रूपमा भरुवा बन्दुक बरामद गरिएको हो। 

बरामद गरिएका बन्दुक कसले, कहिले र कुन प्रयोजनका लागि त्यहाँ राखेको भन्ने विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। घटनामा संलग्न व्यक्तिको पहिचान गरी कानुनी दायरामा ल्याउन आवश्यक अनुसन्धान र खोजी कार्यलाई तीव्र बनाइएको प्रहरीको भनाइ छ।

सुझावित समाचार