रास्वपाको पहिलो महाधिवेशनबाट ९९ केन्द्रीय सदस्यमध्ये ४९ महिला निर्वाचित

शनिबार, १३ असार, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । केन्द्रीय समिति, पदाधिकारी तथा सदस्यहरूको निर्वाचनसँगै महाधिवेशन औपचारिक रूपमा समापन भएसँगै संस्थागत वैधता प्राप्त गरेको छ ।

रास्वपाको पहिलो महाधिवेशनबाट निर्वाचित ९९ केन्द्रीय सदस्यमध्ये ४९ जना महिला छन् । शुक्रबार बिहान सार्वजनिक गरिएको अन्तिम मतपरिणामअनुसार खुला, समावेशी तथा प्रदेशगत क्लस्टरबाट भएको निर्वाचनमा ५० पुरुष र ४९ महिला विजयी भएका हुन् ।

केन्द्रीय सदस्यका ९९ पदका लागि ३७९ जना उम्मेदवार प्रतिस्पर्धामा थिए । रास्वपाको विधानमा १५८ सदस्यीय केन्द्रीय समितिको व्यवस्था छ । यसमा निर्वाचित ९९, निर्वाचित सभापति, सभापतिले मनोनयन गर्ने ५१ सदस्य र सातै प्रदेशका प्रदेश सभापति स्वतः केन्द्रीय समितिको सदस्य रहनेछन् ।

सुझावित समाचार