राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनीष झाले निर्वाचन हारे पनि आफू पार्टीमा राजनीतिलाई जीवित राख्न सफल भएको बताएका छन्।
लोकतन्त्रको आधारभूत सिद्धान्त नै निर्वाचन रहेको उल्लेख गर्दै झाले यस्तो बताएका हुन्। पुराना असफल पार्टीमा जस्तै रास्वपामा टिकेप्रथा र गुटप्रथा नहोस् भनेर आफूले प्रयास गरेको उनको भनाइ थियो।
महामन्त्री निर्वाचित विपिन आचार्यलाई बधाई दिँदै झाले भने, ‘मैले निर्वाचन हारेको छु, तर मैले यो पार्टीमा राजनीतिलाई जीवित राख्न सकेको छु। किनभने लोकतन्त्रमा निर्वाचन महत्त्वपूर्ण हुन्छ। यो आधारभूत सिद्धान्त हो।’